नेकपाको पार्टी कार्यालयमा आगजनी

 कात्तिक १, २०७५ बिहिबार १४:४९:३६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - बर्दिबास नगरपालिका– ९, पशुपतिनगरमा रहेकाे ने.क.पा.काे पार्टी कार्यालयमा बुधबार राति १० बजे नचिनेका मानिसहरुले अागजानी गरेका छन् ।

सुरज प्रसाद सिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा पेट्रोल छर्केर आगो लगाइएको स्थानीयको भनाई छ ।

आगोले घरभित्र रहेकोे ज.४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेकाे छ ।  त्यस्तै घरभित्र राखिएका काठसमेत जलेको चौलिखा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राम ध्यान बहादुर थिङ्गले जानकारी दिनुभएको छ ।

अागजनीमा करिब ५० हजार रुपैयाँ बराबरकाे सामान जलेर नष्ट भएको छ । 

स्थानीयले समयमै आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया