रोनाल्डोलाई भित्र्याउन युभेण्टसले मलार्इ क्लबबाट गलहत्यायाे : गाेञ्जालाे हिगुइन

 कात्तिक २, २०७५ शुक्रबार १२:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका स्ट्राइकर गोञ्जालो हिगुइनले युभेण्टसले रोनाल्डोलाई भित्र्याउनका लागि आफूलाई क्लब छोड्न बाध्य पारेको आरोप लगाएका छन्  ।

हिगुइन युभेण्टसबाट बाहिरिए पछि अहिले एसी मिलानमा आवद्ध छन् ।

गएको जुलाईमा ५ पटक बालोन डो ' र विजेता रियल म्याड्रिडका चर्चित स्ट्राइकर रोनाल्डो युभेण्टसमा आवद्ध भएपछि क्लब छाड्न बाध्य पारिएको उनको भनाइ छ ।
हिगुइन सन् २०१६ मा नेपोलीबाट युभेण्टसमा ९० मिलियन युरोमा अनुबन्ध भएका थिए । उनले आफ्नो दुई सिजनमा युभेण्टसका लागि सिरी ए मा ४० गोल गरेका थिए । तर उनको क्लबले च्याम्पियन्स लिगमा आशा गरिए अनसारको सफलता हात पार्न सकेन ।

यसपछि युभेण्टसको चर्चित स्ट्राइकर रोनाल्डो भभित्र्याउने प्रयास गर्यो र गएको जुलाईमा सफल पनि भयो । यसै क्रममा आफूलाई क्लबबाट गलहत्याइएको उनको गुनासो छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया