प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण

 कात्तिक २, २०७५ शुक्रबार १३:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गर्नुभएको छ ।

उहाँले बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो । पितासँग टीका लगाउनुअघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्नुभएको थियो ।

आफूले टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुभयो । ओलीले टीका ग्रहण पछि स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गर्नुभयो ।  

प्रधानमन्त्री ओलीले बालुवाटार पुगेका पत्रकारहरुलाई पनि टीका र जमरा लगाई दक्षिणा दिनुभएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया