चितवन बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्याे, घाइतेकाे उपचार जारी

 कात्तिक २, २०७५ शुक्रबार १४:४१:४७ | उज्यालो सहकर्मी

चितवन - चितवनको जलविरेमा बस दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।

राती काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक झापा मेचीननगर नगरपालिका ८ का उदयमान राजवंशी, सहचालक २५ वर्षका हेमबहादुर राजवंशी र स्याङजा पुतलीबजार नगरपालिका ९ का तुलबहादुर थापाको घटनास्थालमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको भरतपुरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया