कांग्रेसका नेता चन्द्र भण्डारीले मनाए विपन्न माझी र बोटे समुदायसँग दसैं

 कात्तिक ३, २०७५ शनिबार ७:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ ।

विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाउनुभएको हो ।

नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका थाप्नुभयो भने आफूभन्दा सानालाई टिका लगाइदिनुभयो । टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गर्नुभयो ।

उहाँले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका विद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गर्नुभयो ।

यस्तै झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगि समेत नेता भण्डारीले वितरण गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया