डलरकाे भाउ घट्याे !

 कात्तिक ३, २०७५ शनिबार ८:२०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अमेरिकी डलरको भाउ शनिबार थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो ।

राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगो हुने गरेको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया