शुक्रबार काठमाडाैंमा ७ जना ट्याक्सीचालकलार्इ कार्बाही

 कात्तिक ३, २०७५ शनिबार १०:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शुक्रबार काठमाडाैंमा ७ जना ट्याक्सीचालक कार्बाहीमा परेका छन् ।

मिटरमा जान नमान्ने, यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने र फ्लोरिसेन्ट ज्याकेट नलगाएको भन्दै उनीहरूलाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले कार्बाही गरेको हो ।

ट्याक्सी चालकलाई जनही ३ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

शुक्रबार नै प्रहरीले ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एवं हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेकाे थियाे । 

 

याे पनि पढ्नुहाेस्

ट्याक्सी मिटरमा जान मानेन ? फाेन गर्नुहाेस् !

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया