पाटन विमानस्थल निर्माणमा ढिलाई, सकिनुपर्ने समयमा ७० प्रतिशतमात्रै काम

 जेठ २५, २०७५ शुक्रबार १२:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – पाटन विमानस्थल कालापत्रेको काम निर्माण अवधि सकिनै लाग्दा मात्र ७० प्रतिशत काम सम्पन्न भएको छ ।

असार मसान्त सम्ममा कालोपत्रे गरिसक्ने योजनासहित गएको भदौमा काम भएको भए पनि असारमा काम सम्पन्न नहुने निश्चित छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो ।

अहिलेसम्म विमानस्थललाई स्तरोन्नति गर्ने काम ७० प्रतिशत मात्र सकिएको नागरिक उडड्यन मन्त्रायलका इन्जिनियर कविता भट्टले बताउनुभयो । असार मसान्त सम्म ठेक्काको म्याद भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको इन्जिनियर रावलले बताउनुभयो । अब दशैंको आसपासमा विमानस्थलमा कालोपत्रे गरिसक्ने हिसाबले काम हुने भट्टले बताउनुभयो ।

पाटन विमानस्थलमा ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया