पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
कैलाली - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६, लालपुरमा धान थ्रेसिङ गर्दै गर्दा चिप्लिएर मेसिनमा छिरेपछि एक महिलाको मृत्यु भएको छ ।
स्थानीय खेउटे कामीको धान थ्रेसिङ गर्न घरमै पुगेको थ्रेसर मेसिनमा धानका बाला हाल्दै गर्दा उहाँकी ५५ वर्षीया पत्नी चम्पा कामीको थ्रेसर मसिनले काटिएर बुधबार दिउँसो ज्यान गएकाे हाे ।
थ्रेसर (धान झार्ने मेसिन) मा चढेर धानका बाला हाल्दै गर्दा चिप्लिएर मेसिनभित्र छिर्दा उहाFको मृत्यु भएको हो ।
से १ त ५९८३ नम्बरको ट्याक्टरमा जाेडिएङ्काे थ्रेसर (धान झार्ने मेसिन) मा परेपछि उहाँको मृत्यु भएको हो ।
मेसिनभित्र चिप्लिएर छिर्दा कामीको टाउको र शरीर अलग अलग भएको स्थानीय प्रत्यक्षदर्शी हेम नागरीले बताउनुभयो ।