ट्रकको ठक्करबाट हजुरआमा र नातिको मृत्यु, एकजना घाइते

 कात्तिक ९, २०७५ शुक्रबार १३:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौको तार्केश्वर नगरपालिकामा रहेको लोलाङमा ट्रकको ठक्करबाट दुईजनाको ज्यान गएको छ ।

ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा गोरखा शहिदलखन गाउँपालिका–७, घर भएकी ६२ वर्षीया तिलकुमारी तिवारी र उहाँका ४ वर्षका नाति अजित तिवारीको ज्यान गएको हो । ट्रकको ठक्करबाट तिलाकुमारीको घटनास्थलमै र बालकको भने उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी गोरखाकी ७० वर्षकी साबित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । शुक्रबार बिहान १० बजे ना ६ ख ७८ २६ नम्बरको ट्रकले पैदल हिँडिरहेका तीनै जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया