प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रसुवा – रसुवाको कालिका गाउँपालिका–४ अम्बासमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा नौकुण्ड गाउँपालिका ३ का ४१ वर्षको कामी तामाङ र १६ वर्षको प्रकाश तामाङ रहेको छन् ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सार्की लामा तामाङ, जीवराम थोक्रा र अजित तामाङ घाइते भएका हुन् । घाइतेको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले जानकारी दिनुभयो ।
कालिका गाउँपालिकाको भित्रि सडकमा बालुवा बोकेर हिँड्ने क्रममा दुर्घटना भएको उहाँको भनाइ छ ।