चिनियाँ कम्पनीले सुरु गर्‍याे कोदारी राजमार्गको पुनर्निर्माण

 कात्तिक १२, २०७५ सोमबार १८:२२:१४ | किरण थापा
unn.prixa.net

फाइल तस्बिर

सिन्धुपाल्चोक – चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी)ले कोदारी राजमार्गको पुनर्निर्माण सुरु गेको छ ।

लार्चास्थित सुक्खा बन्दरगाहको पुनर्निर्माण सकेपछि सडक निर्माण सुरु गरेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको सुक्खा बन्दरगाहको पुनर्निर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम सुरु गरेको भोटेकोसी गाउँपालिका–२, का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।

दुई वर्षदेखि पुनर्निर्माणमा खटिएको चिनियाँ ठेकेदार ताउ नेतृत्वको टोलीले नेपाली मजदुरलाई काममा लगाइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेकोसी बाढीले कटान गरेको ठाउँमा तारजाली लगाउने काम थालिएको छ । चिनियाँ ठेकेदारले नेपाली ठेकेदारको दुई स्काभेटर भाडामा लिएर इको रिसोर्टबाट काम थालेका छन् । 

कच्ची सडकमार्गले मितेरी पुल जोडेपछि बाह्रबिसेको जुरे पहिरोबाट सडक फराकिलो पार्ने योजना रहेको छ । तातोपानीसम्म कच्ची सडकले जोडिएको भए पनि बर्षायाममा आएको पहिरोले दर्जनौँ ठाउँमा क्षति पुर्‍याएका कारण पुनर्निर्माणबिना ठूला सवारीसाधन चल्न नसक्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया