राजनीतिक प्रणालीको खराबीले नेपाल गरिब बन्यो : प्रधानमन्त्री ओली

 जेठ २६, २०७५ शनिबार १२:३१:१४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीको खराबीले नेपाल गरिब हुन पुगेको बताउनुभएको छ ।

प्रदेश नम्बर १ को संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई सम्पन्न बनाउने अभियानमा सरकार लागेको दाबी गर्नुभयो । अहिले पनि ६० लाखभन्दा बढी निरपेक्ष गरिबीको रेखामूनि रहेको भन्दै उहाँले अब सबैलाई सम्पन्न बनाउने र कोही पनि खान नपाइ मर्ने अवस्था नहुने बताउनुभयो ।  

आफूलाई सेवक नभइ शासक ठान्ने र राष्ट्रको सम्पत्ति संग्रहित गरेर आफ्नो अनुकुल गर्ने यस अघिको खराब राजनीतिक प्रणालीका कारण नै देश विकास हुन नसकेको र गरिबमाथि झन गरिब हुँदै गएको उहाँको भनाई थियो । 

अब आफ्नो सरकार जनपक्षीय प्रणाली स्थापित गर्दै देशलाई समृद्ध बनाउने अभियानमा लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया