पेरिस मास्टर्स टेनिसको क्वार्टरफाइनलमा फेडेरर र जाेकाेभिच

 कात्तिक १६, २०७५ शुक्रबार ६:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्वीस खेलाडी रोजर फेडरर र सर्वियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले इटालियन खेलाडी फावीयो फोग्नीनीलाई दुई शुन्यको सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाए । एक घण्टा १३ मिनेट समय खर्चिएका फेडररले पहिलो सेट ६–४ ले जिते भने दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे । दोस्रो सेटमा फेडररल दुई ब्रेक पोइन्ट बचाएका थिए ।

अर्को खेलमा दोस्रो बरियताका जोकोभिचले बोस्नियाका डामिर जुमहुरलाई हराउदै अन्तिम आठमा पुगे । डामिर खेलकोबीचमा नै ब्याक इन्जुरीका कारण रिटायर्ड भएपछि जोकोभिचलाई क्वार्टरफाइनलमा पुग्न सहज भयो ।

पहिलो सेट जोकोभिचले ६–१ जितेका थिए । दोस्रो सेटमा २–१ को अग्रता बनाएको अवस्थामा डामिरले ढाडको समस्याका कारण खेल्न परित्याग गरेका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया