काठमाडौं सडकका खाल्डा दुई महिनामा पुरिसक्न सरकारको निर्देशन

 कात्तिक १६, २०७५ शुक्रबार १६:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – सरकारले काठमाडौंको सडकको खाल्डो दुई महिना भित्र पुर्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समीक्षा गरी काठमाडौंका सडकको खाल्डो २ महिना भित्र पुर्न निर्देशन दिएको हो । काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुर्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए÷नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ । सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताउनुभयो ।

गएको चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया