साँघुरो बन्दै भरतपुर विमानस्थल, बढाउन सेनाले जग्गा दिएन

 बैशाख २४, २०७५ सोमबार ८:१७:२० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन वैशाख २४ – चितवनको भरतपुर विमानस्थल साँंघुरो बन्दै गएको छ । बढ्दो शहरीकरण र हवाईचाप बढेपछि विमानस्थल साँघुरो बन्दै गएको हो । भरतपुर विमानस्थलमा तत्कालीन हवाई सेवा विभाग अन्तर्गतको भरतपुर हवाई कार्यालयको रुपमा २०१८ सालदेखि सेवा सुरु भएको हो ।

विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएको थियो तर, विमानस्थलको क्षमता विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै रहेको सेनाको घोडा फारम रहेको जग्गा माग गरे पनि सेनाले अनुमति नदिएको गौतमले बताउनुभयो । २०७२ सालमा पत्र पठाइएकोमा सेनाले तत्कालै यो जग्गा दिन नसक्ने जानकारी गराएको थियो ।

विमानस्थलको क्षेत्र बढाउन विमानस्थलसंगैको सेनाको घोडा प्रजनन केन्द्र रहेको व्यारेक उपयुक्त मानिएको छ । तर, सेनाले मुख्य सहरको नजिकभन्दा शहरवाट २५ किलोमिटर टाढा विमानस्थल राख्नु राम्रो हुने तर्क सेनाले गरेको छ । 

भरतपुर विमानस्थलमा दैनिक १४ वटा उडान हुने गरेको छ । विमानस्थल वरपर मापदण्ड बिपरित अग्ला घर बनाइएका छन् । जहाज अवतरण र पार्किङका लागी अग्ला घर सुरक्षा चुनौती बन्दै गएका छन् । 

विमानस्थलमा चारवटा जहाजको क्षमता भएपनि त्यो भन्दा धेरै जहाज पार्किङ गरिंदै आएको छ । सानो जहाजको लागि बनाईएको पार्किङमा मझौला जहाज राख्न समस्या भएको छ । एक दशकअघि दैनिक चार वटासम्म उडान हुने गरेपनि अहिले क्षमतासँगै जहाजको संख्या पनि थपिएको छ । 

भरतपुर विमानस्थलबाट एकतर्फी दैनिक औसतमा ५ सय यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर,यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन । यतिको जेट स्ट्रीम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक बिमानले उडान भर्ने गरेको विमानस्थलका प्रवन्धक पवन गौतमले बताउनुभयो । 

६२ विघाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्ड विपरित अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि प्रयाप्त जग्गा नभएकाले समस्या बढ्दै गएको गौतमले बताउनुभयो । सानो जहाजलाई लक्षित गरेर बनाईएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको बताउै बताउदै उहाँले विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा देखिएको जानकारी दिनुभयो  ।

अग्ला घरले विमान अवतरण र उडान प्रभावित हुँदै आएका छन् । अग्ला घरका कारण विमानले पूरा रन–वे प्रयोग गर्न नपाएको बताउँदै गौतमले १ हजार २ सय मिटरको धावनमार्ग भए पनि दुई सय मिटर छोडेर अवतरण गरिँदै आएको जानकारी दिनुभयो ।

साना जहाजलाई उडान र अवतरणमा ६ देखी ८ सय मिटर रन–वे भए पुग्छ । ठूलालाई १ हजार ४ सय मिटर जरुरी पर्छ । १ हजार २ सय मिटर रन–वे छ । हुस्सु लागेको बेला अग्ला घरले अवतरणमा समस्या हुने गरेको उहाँले बताउनुभयो । 
मापदण्ड विपरित स्थायी रुपमा संरचना बनाइए पछि विमानस्थललाई समस्या भएको हो । विमानस्थल वरपर २ सय ५७ घर मापदण्ड विपरित बनेको तथ्यांक रहेको छ । समस्या समाधानको लागि  प्रतिवेदन पेश गर्न गठित समितिले उडान सुरक्षा चुनौती थपिदै गएको प्रतिवेदन वुझाएको थियो । मापदण्ड विपरीतका घरहरुका कारण उडानमा गम्भिर असर परेको र भविस्यमा झन अप्ठेरो अवस्था आउन सक्ने संरचनाहरु हटाउनु पर्ने सझुाव दिईएको थियो ।

सिमारा,पोखरा र भैरहवाको वैकल्पिक विमान स्थलमा भरतपुर विमानस्थल रहेको छ । चितवन पर्यटकीय हिसाबले चितवन अगाडि बढिरहेकोले भरतपुर र मेघौलीमा रहेको विमानस्थललाई आन्तरीक र वाह्य पर्यटकको चाप वढाई आम्दानी बढाउन सकिने सरोकारवालाहरुले बताएकाछन् ।

चितवनमा भरतपुरदेखि १६ किलोमिटर पश्चिममा मेघौली  विमानस्थल पनि रहेको छ । मेघौली विमानस्थल २०१३ साल देखि संचालनमा आएको हो । मेघौली विमानस्थलमा चितवन राष्ट्रिय निकुञ्जभित्र घुम्न आउने पर्यटक बोक्ने जाहाज अवतरण गरिँदै आएको भए पनि पछिल्लो समय उडान हुन सकेको छैन । 

राजधानी काठमाडौंबाट पनि नजीक नेपालको केन्द्र भाग भौगोलिक रूपमा पनि अत्यन्त सुरक्षित चितवन भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा समेत चल्ने गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया