कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
अरे ! ९६ वर्षीय हजुरआमालाई हेर, आफ्नो ज्वाईँलाई पछि पार्दै कक्षा टप गरकी छिन् ।
भारतको केरलामा ९६ वर्षीय कार्तियानी अम्माले आफ्नो ज्वाईँलाई पछि पार्दै कक्षा टप गरेकी छिन् ।
केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी हुन् । यो कार्यक्रम केरल राज्य साक्षरता अन्तर्गत शुरू गरिएको हो ।
राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो ।
कार्तियानीसँगै उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याए ।
कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तर बिर्से । मैले सबै सही उत्तर दिएँ ।’
उनका ज्वाईंले मात्रै ८८ प्रतिशत ल्याएका छन् ।
बीबीसी संवाददातासँग कुरा गर्दै उनले भनेकी छिन् ‘म अब पढिरहने हो । छिट्टै चार कक्षामा पुग्छु । म सय वर्ष हुँदा दश कक्षा पास भैसक्छु । त्यसपछि सरकारी जागिर भए हुन्थ्यो ।’