जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाडौं – यो वर्ष रिलिज भएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् ।
केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम‘कन्याकुमारी’ राखिएको छ । सुरुवातमा चलचित्रको निर्देशन पनि केकीले नै गर्ने बताइएको थियो तर अन्तिम समयमा आएर उनी निर्देशनबाट पछि हटेकी छन् । अब उनले निर्माण गर्न लागेको दोश्रो चलचित्रलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्न लागिएको बुझिएको छ ।
चलचित्र हास्यशैलीमा निर्माण हुनुको साथै महिला केन्द्रित भएको बुझिएको छ । चलचित्रमा ५ जना नायिका रहने केकीको भनाई रहेको छ । चलचित्रको कथा लेख्ने काम भैरहेको छ । चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने केकीको योजना छ ।
चलचित्रको औपचारिक घोषणा केही दिनभित्रमै गर्ने तयारी भइरहेको उनले बताइन् ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा