डोल्पा जीप दुर्घटना  : राहत पाउनुपर्ने भन्दै मृतकका आफन्तको प्रदर्शन

 कात्तिक २०, २०७५ मंगलबार १८:२०:३० | उज्यालो सहकर्मी

डोल्पा – डोल्पामा सोमबार भएको जीप दुर्घटनामा परि ज्यान गुमाएकाका आफन्त तथा परिवारले दुनैमा प्रदर्शन गरेका छन् । 

उनीहरुले प्रदर्शनका क्रममा ६ वटा जीपमा तोडफोड गरेका छन् । मृतक र घाइतेका आफन्तले गाडीमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्याससमेत प्रहार गरेको छ । 

मृतकका आफन्तले रुट परमिट लिएर मात्र गाडी चलाउनुपर्ने, भएको दुर्घटनाको छानबिन गर्न समिति बन्नुपर्ने र मृतकका आफन्तले राहत पाउनुपर्ने माग गरेका छन् ।

अहिले गाडीधनी र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबीच वार्ता भइरहेको छ ।  डोल्पामा सोमबार जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो ।  मृतकका आफन्तले अझै शव लिन मानेका छैनन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया