विश्वकपमा युवा खेलाडी

 जेठ २७, २०७५ आइतबार ८:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

हरेक प्रतियोगिताले केही उत्कृष्ठ प्रतिभाको उत्पादन गर्छ, वा प्रतिभा प्रष्फुटित हुने अवसर दिन्छ । फिफा विश्वकप केही दिनमात्र टाढा छ । दिन प्रतिदिन विश्वकपको ज्वरोले हामी सबैलाई प्रभावित पारिसकेको छ । आआफ्नो मनपर्ने टिमको समर्थनका साथै विश्वकपको उपाधि कसले जित्ला भनेर पनि विभिन्न तर्क वितर्क सुरु भइसकेको छ ।

एक महिना लामो मेघा इभेन्टमा राष्टिय जर्सीमा उत्रने अवसर सम्बन्धित मुलुकको सर्वोत्कृष्ट खेलाडीले नै पाउँछन् । जो, आफ्नो मुलुकका लागि प्रतिष्ठित पुरस्कार जितने प्रयास गरिरहेका हुन्छन् ।

विश्वकपमै पनि धेरैभन्दा धेरै युवा प्रतिभाका लागि सुनौलो अवसर मिलनेछ कि थोरैले चिन्ने ठाउँबाट उनीहरु पहिलो पटक विश्व फुटबल मैदानमा आउन पाएका हुन्छन् ।

हामीले यस्ता युवा खेलाडी प्रस्तुत गर्दैछौं जो यस विश्वकपमार्फत तुफानको रुपमा उदय हुने क्षमता राख्छन् ।

टिमो वेर्नर, जर्मनी

२२ वर्षीय यी फरवार्डले बुण्डेसलिगा र जर्मन राष्टिय टोलीबाट आफूलाई प्रमाणित गरिसकेका छन् । जर्मन बुण्डेसलिगा टोली आरबी लिप्जिगबाट उनले आफ्नो असाधाराण जादू प्रस्तुत गरिरहेका छन् । यी युवा खेलाडीले लिप्जिगबाट ६१ खेलमा ४० गोल गरेका छन् ।

गत वर्ष सम्पन्न फिफा कन्फेडेरेसन कपमा उनले कीर्तिमानी ७ गोल गरेका थिए । यही प्रदर्शनले जर्मनी कन्फेडेरेसन कप विजेता बनेको थियो भने उनी आफैं गोल्डेन बुटको हकदार बनेका थिए ।

विपक्षी डिफेण्डरलाई पछि छाड्दै गोलका लागि अग्रसर हुने क्षमताले उनी रुस विश्वकपमा जोचिम लोको टोलीका एक प्रमुख हतियार बन्न सकछन् । उनलाई मिरोस्लाभ क्लोजाको उत्तराधिकारीको रुपमा पनि चर्चा गरिन्छ ।

ग्याब्रियल जेसस

ब्राजिलका यी उदाउँदा स्टारमा विश्वलाई परास्त गर्ने क्षमता छ । यसै सिजन पनि धेरै पटक उनले आफूलाई प्रमाणित गरेका छन् । २१ वर्षीय जेसस आफैंले पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीको नियमित सदस्यका रुपमा स्थापित गरेका छन् ।

जेससले म्यान्चेस्टर सिटीका लागि यस सिजन सबै प्रतियोगितामा गरेर ३९ खेलमा १६ गोल गरेका छन् ।

विंगरदेखि लिएर मिडफिल्डर र सेन्टर फरवार्डसम्म फरक फरक पोजिसनमा पनि फिट हुने जेससको क्षमताले यस समरमा ब्राजिलको टिमबाट रुपको उडान भर्नका लागि उनी योग्य बने ।

यी स्टइकरले यसअघि नै ब्राजिलको राष्टिय टोलीबाट १६ क्याप जितिसकेका छन् । जसमा उनले ९ गोल गरेका छन् ।

जेसस गएको पूरै सिजन एक बहादुर योद्धाका रुपमा रहे । यही लयलाई राष्टिय टोलीबाट पनि निरन्तरता दिन सकेमा बाज्रिल र जेससलाई कसैले रोक्न सक्दैन ।

जोसे मारिया गिमिनेज

एथ्लेटिको मड्रिडको रक्षापंक्तिमा चट्टानको रुपमा खडा हुने उरुग्वेली युवा स्टार हुन् गिमेनेज । डिएगो सिमोनीको प्रशिक्षणमा एथ्लेटिको मड्रिडले आफ्नो सेन्टर ब्याकको रुपमा यस्ता खेलाडीलाई बिकास गरिरहेको छ, त्यो साँच्चै शानदार छ ।

डिएगो गोडिनसँगको गिमेनेजको तालमेलकै परिणामस्वरुप एथ्लेटिको मड्रिड ला लिगामा अन्य क्लवको तुलनामा सबैभन्दा कम गोल खाने क्लव बनेको छ ।

२३ वर्षीय यी डिफेण्डर पछिल्लो ३ वर्षदेखि उरुग्वेको राष्टिय टोलीमा छन् र अहिलेसम्म ४१ क्याप जितेका छन् । उनले ४ गोल पनि गरिसकेका छन् । रक्षापंक्तिको कभरका साथै कठिन चुनौतिलाई पनि ध्यानपूर्वक शान्तसँग पन्छाउन उनले अझै मिहिनेत गनुपर्छ । यद्यपी यस सिजनमा आफ्नो स्तरमा सुधारको छलांग मारेका उनले निश्चित रुपमा विश्वकप¬– २०१८ मा उरग्वेको टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

कालियन एमबाप्पे

१९ वर्षीय फ्रान्सेली युवकको बजार मूल्य यसअघि नै १८० मिलियन पाउण्ड पुगिसकेको छ, यसबाटै पननि प्रष्ट हुन्छ कि उनी कति क्षमतावान छन् भनेर । वर्तमान समयमा एमबाप्पे विश्व फुटबलमा सबैभन्दा धेरै माग भएका वा रुचाइएका स्टाइकर मध्येका एक हुन् ।

यस सिजन लोनमा पीएसजीमा विताएका उनले ३९ खेलमा २१ गोल गरे । जुनियर लेभलमा च्याम्पियन्स लिग टिम अफ द सिजनको उपाधि जित्दा उनले युरोपियन गोल्डेन व्वाइको पुरस्कार पाइसकेका छन् ।

एमबाप्पेले फ्रान्सका लागि १४ खेल खेल्दा ३ गोल गरिसकेका छन् । आफ्नो शानदार फिनिसिंग शैली र मैदानमा द्रुत गतिमा बल अघि बढाउनसक्ने क्षमताका कारण निश्चित रुपमा एमबाप्पे फ्रान्सका प्रतिस्पर्धीहरुका लागि टाउको दुखाइ बन्न सक्छन् ।

मार्को एसेन्सियो

स्पेनिस फुटबलका उत्कृष्ट युवा प्रतिभामध्येका एक मार्को एसेन्सियो तिब्रगतिमा बललाई नचाउन सक्ने क्षमता भएका खेलाडी हुन् । फुटबल प्रहार गर्ने उत्कृष्ट शैलीका कारण उनी स्पेनको एक मुख्य हतियार बन्न सक्ने मिडफिल्डर हुन् ।

रियल मड्रिडमा जिनेदिन जिदानको प्रशिक्षणमा रहेर एसेन्सियोले आफ्नो फुटबल कला अझ तिखारिरहेका छन् । २२ बर्षे एसेन्सियोले स्पेनका लागि ११ क्याप जितेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया