रियल मड्रिडले भिक्टोरिया प्लाजेनलाई ५ गोलले हरायो

 कात्तिक २२, २०७५ बिहिबार ७:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग समूह जी अन्तर्गत रियल मड्रिडले चेक रिपब्लिकको भिक्टोरिया प्लाजेनलाई ५–० गोलले हराउँदा करिम बेञ्जेमाले २ गोल गरे ।

त्यस्तै कासेमिरो, ग्यारेथ बेल र टोली क्रुजले एक–एक गोल गरे । भिक्टोरियाको मैदानमा रियलले चार गोल पहिलो हाफमा गरेको थियो ।

यही समूहमा रोमाले सीएसकेए मस्कोभालाई २–१ गोलले हरायो । जितसँगै रियल र रोमाले ९–० अंक भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया