नेपाल संवतमा धादिङ (फोटो फिचर)

 कात्तिक २२, २०७५ बिहिबार १६:५७:१६ | सिताराम अधिकारी

धादिङ – नेपाल संवत ११३९ को अवसरमा धादिङबेसीमा नेवार समुदायले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् । 

पुछारबजारमा उपस्थित सबैलाई उसिनेको अण्डा, वासा (सगुन रक्सी) खुवाएर सुरु गरिएको प्रभातफेरीमा सदरमुकाममा बसोबास गर्ने नेवार समुदायको भव्य उपस्थिति थियो । 

८४ वर्ष उमेर पुगेका वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै नगरपरिक्रमा समेत गराइएको कार्यक्रम शिरानबजार पुगेर सकिएको थियो । 

परम्परागत पोशाकमा सजिएर टाकटुके, लाखेनाच, झाँकी सहित प्रभातफेरीको आयोजना गरिएको थियो । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया