सामसुङले ल्याउने भयो ‘फोल्डिङ स्मार्टफोन’

 कात्तिक २२, २०७५ बिहिबार १७:२९:३१ | एजेन्सी
unn.prixa.net

सामसुङले फोल्डिङ मोबाइल सार्वजनिक गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोमा एक कार्यक्रममा फ्लेक्स डिस्प्ले भएको स्मार्टफोन सार्वजनिक गर्दै सामसुङले यो मोबाइल ‘भोलिका लागि स्मार्टफोनको फाउण्डेसन’ भएको बताएको छ ।

सामसुङले केही महिनामा नै यो फोनको उत्पादन सुरु गर्ने पनि बताएको छ । 

यो मोबाइल फोल्ड नगर्दा ७.३ इन्च रहेको छ । फोल्ड गर्दा भने यसको डिस्प्ले सानो हुन्छ ।

सामसुङले यस्तो मोबाइल बनाउनका लागि पाँच वर्षदेखि रिसर्च गर्दै आएको थियो । यसप्रकारको पहिलो मोबाइल बनाउन सामसुङले हुवावेसँग सहकार्य गर्दै आएको थियो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया