सिकाई केन्द्रको रुपमा स्थापित हुँदै सुख्खा फलफूल विकास केन्द्र

 कात्तिक २३, २०७५ शुक्रबार १६:११:५१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सतबाँझमा रहेको सुख्खा फलफूल विकास केन्द्र पछिल्लो समयमा सिकाई केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा स्याउ फल्न छोडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ । 

सुख्खा फलफूल विकास केन्द्रले फलफूलका बिरुवा उत्पादनको सीप किसानहरुलाई समेत सिकाइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका प्रमुख वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । सुख्खा फलफूल विकास केन्द्रबाटै फलफूलका बिरुवाको नर्सरी बनाउने सीप सिकेर दशरथचन्द नगरपालिका वडा नम्बर १ र सुर्नया गाउँपालिका वडा नम्बर २ बासुलिंगका किसानहरुले निजी नर्सरीसमेत बनाएको उहाँले बताउनुभयो । 

बोटविरुवाका निजी नर्सरीबाटै किसानहरुले मनग्गे आम्दानी गरिरहेका छन् । यस्तै पछिल्लो समयमा प्राविधिक विषयतर्फ कृषि पढिरहेका विद्यार्थीहरु पनि प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुग्ने गरेका छन् ।

चालु आर्थिक वर्षमा ४९ जना विद्यार्थीहरु सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयबाट प्रयोगात्मक कक्षाका लागि आएका सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया