मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्वारा सम्मान

 कात्तिक २४, २०७५ शनिबार १३:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ ।  

सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनु भएका ‘मह’ जोडीको रुपमा चर्चित वरिष्ठ हास्य कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नु भएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदानको खुलेर प्रशंशा गर्नु भएको थियो । उहाँले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गर्नु भयो ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिनु भएका उहाँको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया