नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने

 जेठ २७, २०७५ आइतबार १३:११:२५ | उज्यालो सहकर्मी

काठमाडाैं – नेपाल प्रहरीमा अब तीनजना एआईजी मात्रै दरबन्दी रहने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको हो । यसअघि १५ जना एआइजी रहने व्यवस्था थियो ।

सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आउँदो आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूर्ति गरिने सरकारका प्रवक्ता बास्कोटाले बताउनु भयो ।

यसैगरी सरकारले तातोपानीको मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ । दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

त्यसैगरी नेपाल र चीन सरकारबीच उर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोताले जानकारी दिनु भयो । चीनको नेश्नल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग उर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया