आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको छ । घरेलु मैदान नाउ क्याम्पमा कप्तान लियोनल मेस्सी चोट मुक्त भए पछि पहिलो पटक मैदान छिरेको खेलमा रियल बेटिससँग ४–३ गोल अन्तरले पराजित हुन पुुग्यो ।
बेटिसले २०औं मिनेटमा गोल गर्दैै सुरुआती अग्रता दिलाएको थियो । जुनियर फिर्पोले गोल गरेका थिए । ३४औं मिनेटमा जोओकिन सान्चेजले गोल संख्या दोब्बर पारे ।
पहिलो हाफमा २ गोलले पछि परेको बार्सिलोनाले ६८ औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको हो । जसमा कप्तान मेस्सीले पेनाल्टी प्रहार गर्दै अग्रता २–१ मा ल्याएका थिए ।
बार्सिलोनामाथि दबाब कायम राखेको बेटिसले ७१ औं मिनेटमा लो सेल्सोले गोल गर्दै अग्रता ३–१ बनाएका थिए । भिडालले ७९ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने काेसिस गरे । बार्सिलोनाका लागि मेस्सीले दुई तथा अटुरो भिडालले एक गोल गरे ।
८१औं मिनेटमा बार्सिलोनाका इभान राकाटिक दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ८३ औं मिनेटमा कानालेसले गोल गर्दै बेटिसका लागि ४ – २ को अग्रता बनाए । तर इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर ४–३ बनाएका थिए ।