दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

 कात्तिक २६, २०७५ सोमबार ७:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाङबाट काठमाडौंका लागि छुटेको  ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा घाइते भएका मध्ये  दाङकाे घोराही उपमहानगरपालिका वडा नं १५ का २८ वर्षीय होम बहादुर पोखरेल, दाङकै शान्तिनगर गाउँपालिका वडा नं १ का एक वर्षका बालक यनुष विक र दाङ तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

१० जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया