सोलुखुम्बुमा सुतेकै ठाउँमा मलेसियन नागरिकको ज्यान गयो

 कात्तिक २६, २०७५ सोमबार १४:१९:४७ | सुवास दर्नाल

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४, दिङबोचेमा मलेसियन नागरिकको ज्यान गएकोे छ । 

मृत्यु हुनेमा मलेसियन नागरिक ४३ वर्षीया वङ वेनडी नाम गरेकी महिला रहेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आइतबार भ्रमणका लागि सोलुखुम्बु आइपुगेका ४ जनाको समूह दिङबुचेमा रहेको गुडलक होटलमा बास बसेका थिए । बास बसेकै ठाउँमा वङ वेनडीको अाइतबार राति मृत्यु भएको बताइएको छ । मृत्युको कारण यकिन नभए पनि हाई अल्टिच्यूडका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।

पोष्टमार्टमका लागि शव सोमबार बिहान हेलिकप्टरद्वारा शिक्षण अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया