चर्चित दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोड्स नेपालमा, नेपाली खेलाडीको गरे प्रशंसा

 कात्तिक २६, २०७५ सोमबार १८:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली युवा क्रिकेटरका लागि आयोजना गरिएको हाइपर्फमेन्स क्याम्पमा प्रशिक्षणका लागि आएका दक्षिण अफ्रिकी पूर्व क्रिकेटर तथा प्रशिक्षक जोन्टी रोड्सले नेपाली युवा खेलाडीमा राम्रो क्षमता भएको तर उनीहरुले त्यसअनुसारको अवसर नपाएको बताएका छन् । 

आइतबार काठमाडौं आएका रोड्सले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा पूर्वाधारको तुलनामा खेलाडीको प्रदर्शन र क्षमताको खुलेर तारिफ गरे । नेपाली क्रिकेटरको क्षमता यू–१९ राष्ट्रिय टोलीमा देखिसकेको उनले बताए । सीमित पूर्वाधार र सुविधाका बाबजुद भारतजस्तो टिमलाई हराएको उदाहरण दिँदै उनले १० दिने क्याम्पमा योस्तरको खेलाडी उत्पादन गर्न आफ्नो अनुभव बाँड्ने उनले बताए । 

उनले ग्रास रुटबाट क्रिकेटको विकास गर्नका लागि दक्षिण अफ्रिकी मोडेलका बारे जानकारी दिने बताए । क्याम्पका क्रममा स्कुल–स्कुलमा पुगेर प्रतिभा पहिचान गर्ने रोड्सले बताएका छन् । 

१० दिनको समय छोटो भएको स्वीकार्दै रोड्सले भविष्यमा पनि नेपाली क्रिकेटरहरुको क्षमता अभिवृद्धिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया