ट्याक्सी र कार ठोक्किँदा एकजनाको मृत्यु, ४ जना घाइते

 कात्तिक २८, २०७५ बुधबार ८:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सानो भर्‍याङमा ट्याक्सी र कार ठोक्किँदा एकजना वृद्धाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । 

मंगलबार राति बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा सवार टोखा ११ महादेवटार बस्ने गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० वर्षकी मोतीसरा भूजेलको ज्यान गएको प्रहरीले जनाएको छ । 

ट्याक्सीमा सवार अरु ४ जना घाइते भएका छन् । उनीहरुको स्यम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया