अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
इलाम – पौडी खेल्ने क्रममा इलामको माईखोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो २ बजे माइखोलामा पौडी खेल्ने क्रममा इलाम तिल्केनीका लेखराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
१७ वर्षका मृतक लिम्बू सुस्तमनस्थितिको रहेको जनाइएको छ । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।