नवलपरासीमा बस दुर्घटना, १६ जना घाइते

 कात्तिक २९, २०७५ बिहिबार ७:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा बिहीबार बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो  । दुर्घटनामा परेर सामान्य  घाइते भएका १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर चोट लाग्ने चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । 

गम्भीर चोट लाग्ने  दाङ सतवरीया ८ बस्ने २६ वर्षीया  पूजा तामाङ, दाङ लमही ९ बस्ने ३० वर्षीया कल्पना बुढामगर, दाङ देउखुरी बस्ने ४७ वर्षीया रामदुल्ली चौधरी र दाङ  देउखुरी ६ बस्ने ५०  वर्षीय प्रदेसु चौधरी रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया