एकै दिन, एउटै टोलमा आधा दर्जन घरमा चोरी

 कात्तिक २९, २०७५ बिहिबार ११:११:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – कञ्चनरुप नगरपालिका – १२ रुपनगरको प्रगति टोलमा बुधबार राति आधा दर्जन घरमा चोरी भएको छ ।

छठ पर्वको मौका पारेर चोरले प्रगति टोलका सञ्चारकर्मी उत्तम आचार्यको घरमा २ हजार मूल्य बराबरको तिहारमा लगाइने बत्ती ४ थान, स्वीच बोर्ड १ थान, मल्टिप्लक १ थान, बिजुली बल्ब १ थान, सन्तोष आचार्यको रु. ५ सय मूल्य  बराबरको तिहारमा लगाइने बत्ती चाेरी भएकाे छ ।

यस्तै सरस्वती निरौलाको रु. ५ सय मूल्य बराबरको घरमा लगाएको बिजुलीको बल्ब, शम्भु दाहालको रु. ५ सय मूल्य बराबरको बिजुलीको बल्ब, अडिमर्दन अलिको रु. १० हजार बराबरको चाँदीको पाउजु, बाला र लुगासहितको बाकस चाेरी भएकाे छ । 

माइत आउनु भएकी सीता पाण्डेको रू. २५ हजार मूल्य बराबरको मोबाइल, दिपक श्रेष्ठको २ हजार मूल्य बराबरको परेवा र कृष्ण तिम्सिनाको रु. १ हजार मूल्य बराबरको परेवा चोरले चोरेर लगेको स्थानीय भक्ति पाण्डेले जानकारी दिनुभयो ।

एकैचोटि राति धेरै घरमा चोरी भएपछि स्थानीय त्रसित भएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले चोरी कसले गरेको खुल्न नसके पनि चोरहरुको खोजी भैरहेको जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया