डलरसँगै अरु विदेशी रुपैयाँको भाउ पनि केही पैसाले घट्यो

 कात्तिक २९, २०७५ बिहिबार १३:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अमेरिकी डलरको भाउ केही घटेपछि अरु विदेशी मुद्राको भाउ पनि घटेको छ ।

बुधबारको तुलनामा बिहीबार विदेशी मुद्राको भाउ केही पैसाले घटेको हो । बिहीबार अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ४० पैसा र बिक्रीदर ११६ रुपैयाँ तोकिएको छ । बुधबार डलरको खरिददर ११५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५७ पैसा थियो ।

बिहीबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार १ को खरिददर ३७९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २५ पैसा तथा बहाराइन दिनार ३०६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ६८ पैसा तोकिएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया