रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक भित्रिए

 कात्तिक २९, २०७५ बिहिबार १५:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो १० महिनाको तथ्याङ्क हो । 

गएको जनवरीदेखि अक्टोबर महिनासम्ममा २७ हजार ३ सय ८४ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालयले जनाएको छ । 

जनवरीमा ५ सय ८५, फेव्रुअरीमा ८ सय १६, मार्चमा ३ सय ६८, अप्रिलमा २ हजार ७ सय २२, मेमा २ हजार ७ सय ३२, जुनमा ४ हजार ८ सय ३०, जुलाइमा ४ हजार २ सय ४४, अगष्टमा ४ हजार १ सय २६, सेप्टेम्बरमा ४ हजार ११ र अक्टोबरमा २ हजार ९ सय ५० चिनियाँ पर्यटक नेपाल आएका कार्यलयले जनाएको छ ।

यो अवधिमा १८ हजार ५ सय ५४ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक रसुवागढी नाका हुँदै चीन प्रवेश गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि गएको वर्षदेखि तेस्रो देशका नागरिक नेपाल आइरहेका कार्यालयका नायव सुब्बा लक्ष्मी प्रसाद शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया