कास्कीमा बोक्सीको आरोपमा श्रीमती कुट्ने जेल चलान

 कात्तिक २९, २०७५ बिहिबार १७:५८:५५ | उज्यालो सहकर्मी

कास्की – बोक्सीको आरोप लगाएर श्रीमती कुट्ने  सन्तोष परियारलाई जेल चलान गरिएको छ । 

कुटपिट गर्ने परियारलाई जिल्ला अदालत कास्कीले ६ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । कास्की प्रहरी कार्यालयमा श्रीमती कुटपिट गरेको उजुरी परेपछि सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । त्यो अभियोगमा गएको जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्य परिवारका सासू, ससुरा, देवर, देवरानीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

न्यायाधीश काजीबहादुर राईले परियारलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको सुनाउनुभएको हो । त्यस घटनामा परिवार अन्य सदस्यले भने सफाइ पाएका छन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया