न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
नवलपरासी – एकसिंगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले उचालेको छ ।
बिहीबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्यासलले उपाधि उचालेको हो ।
खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिस क्लबले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै समय टिक्न सकेन, पहिलो हाफकै १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फकौयो । २१ औँ मिनेटमा पुलिसले थप एक गोल गर्दै पहिलो हाफ आफ्नो पक्षमा पार्यो । तर दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन । दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा च्यासल युथ क्लबले ५-३ गोल अन्तरले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । पुलिसका दिनेश राजवंशीको प्रहार गोलपोस्टको बारमा लागेर फर्किँदा च्यासलका पाँचै खेलाडीले गोल गरेका थिए ।
विजेता हुँदै च्यासल युथ क्लबले ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नेपाल पुलिस क्लबलले २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ् दि सिरिज च्यासलका गोलरक्षक दिनेश थापा मगर भएका छन् ।
खेलको माध्यमबाट युवाहरुलाई वन, वन्यजन्तु संरक्षणमा लाग्ने उत्पे्ररणा जगाउने उद्धेशयले पन्ध्र वर्षदेिख नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।