सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।
भानु–४, चिसापानी जोखनेकी ४ वर्षीया रन्जिता लम्सालको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको आँगनमा खेल्ने क्रममा साँझ ५ बजे चितुवाले घाँटीमा आक्रमण गरेर घाइते बनाएका थियो । उपचारको क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले बालिकालाई मृत घोषित गरेका हुन् ।
मृतक बालिकाको बुवा कृष्ण लम्साल रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी दुई दाजु र आमा सरस्वती लम्सालको साथमा बस्दै आएकी थिइन् ।