सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

 कात्तिक २९, २०७५ बिहिबार २०:१०:४० | रासस
unn.prixa.net

काठमाडौं – राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो । 

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । 

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया