नवाैं र दशाैं हप्ताका विजेतालार्इ पुरस्कार बाँड्दै एनसेलको रिचार्ज एण्ड विन अफर समाप्त

 कात्तिक २९, २०७५ बिहिबार २०:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत नवाैं र दशाैं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । 

१० हप्ता सम्म सञ्चालन हुने यो अफरकाे तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपी वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्फत छानिएका हुन् । विजेता १० जनाले जनही १–१ लाख रुपैयाँ पाएका छन् ।

प्रत्येकहप्ता १० भाग्यशालीग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’अफर भाद्र १७गतेबाट कार्तिक २४ गते सम्म १० हप्ता संचालनगरिएको थियो ।

नवौं हप्ताका विजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताका विजयीहरुको छनौट कार्तिक २७गते एपिवान टेलिभिजनमा गरिएको लाइभ ड्र कार्यक्रममार्फत गरिएको थियो । 

दुवै हप्ताका विजयीमध्ये प्रमाणिकरणको प्रकृया पूरा भएका विजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो ।

एनसेलका लिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताका विजयी मध्येका तीनजना – बिनोद थोर्लिहाङ्ग (पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख रामथारु (कपिलवस्तु) – लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । 

साथै घिमिरेले दशौं हप्ताका विजयीमध्येका छ जना – सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिनाकुमारी कालिकोटे (सर्लाही), सुदिपचौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) – लाई पनिनगद पुरस्कार हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा दशौं हप्ताकालागि अयोग्य ठहरिएका एक विजयीको स्थानमा दशौं हप्ताको कोडहरुबाटै एक नयाँ विजयी पनि छानिएको थियो । नयाँ विजयी कोड १०–००१८६७७७७ रहेकोे छ ।

आठौं हप्ताको विजयीमध्येका एक झापाकी राधिका तिमिल्सिनाले पनि बिहीबारै काठमाडौंबाट पुरस्स्कार ग्रहण गरेकी थिइन् । 

एनसेलले बिहीबार नै सातौं हप्ताकाविजेताहरु मध्येका दुई अर्घाखाँचीकीलक्ष्मी घर्तिमगरलाई एनसेल सेन्टर बुटवलबाट र कास्कीका पूर्ण बहादुर गुरुङ्गलाई एनसेल सेन्टर पोखराबाट पुरस्कार हस्तान्तरण गरेको थियो ।

त्यसैगरी नवौं हप्ताका विजयी मध्येकी एक झापाकी दुर्गा कुमारी लिम्बु साँवालाई एनसेल सेन्टर दमकबाट र  दशौं हप्ताकाविजयीहरुमध्येका एक रौतहटका राजकिशोर प्रसाद जैसवाललाई एनसेल सेन्टर चपुरबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । 
   
दशौंहप्ताको विजयी ग्राहकहरुको घोषणासँगै ‘रिचार्ज एण्ड विन’अफर पनि समापन भएको छ ।

अफर अन्तर्गत दश हप्तासम्ममा १०० जनाले जनही एक लाख रुपैयाँ जित्न सफल भए ।

यी मध्ये बिहीबारसम्ममा ६४ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी ३६ विजयीहरुलाई आवश्यक प्रक्रिया सकिएलगतै काठमाडौं लगायत उपत्यकाबाहिर रहेका एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

अफर अन्तर्गतको नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने गरेको छ ।

 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया