७ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

 कात्तिक ३०, २०७५ शुक्रबार ६:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – ७ वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् । 

रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई  बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बिहिबार दिउँसो बालिकालाई  बलात्कार गरी भागेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरले रामपुर क्षेत्रबाटै उनलाई पक्राउ गरेको हो । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया