ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीलाई कम्प्यूटर चलाउनै आउँदैन

 कात्तिक ३०, २०७५ शुक्रबार ७:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

टोकियो ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीले नै अहिलेसम्म कम्प्युटर नचलाएको बयान दिएका छन् । 

गएको महिना मात्रै यो पोस्टमा नियुक्त भएका मन्त्री योसिताका साकुर्दाले यस्तो बताए पछि जापानमा यसको चर्को आलोचना भएको छ । जापानी समाचार संस्था क्यूदोका अनुसार उनले अहिलेसम्म कम्प्युटर चलाएका छैनन् । 

तर उनको कार्य क्षेत्र भनेको सन् २०२० मा हुने ओलम्पिक खेलमा साईबर अपराध नियन्त्रण गर्नु हो । जापानको विपक्षी दलका नेता मासातो इमामीले आश्चर्य व्यक्त गर्दै भने ‘ म निकै आश्चर्यमा परेँ, यो विश्वास नै गर्न नसक्ने कुरा हो, जो व्यक्ति साइबर अपराधको बारेमा काम गर्दैछ उसले अहिलेसम्म कम्प्यूटर नै चलाएको छैन ।’

तर मन्त्री साकुर्दाले कम्प्यूटर नचलाए पनि काम गर्न अप्ठेरो नहुने बताए । सामाजिक सञ्जालमा मन्त्रीलाई व्यंग गर्दै उनलाई ह्याक गर्न अप्ठेरो पर्ने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया