Ujyalo Shanti Yatra

सद्भावका लागि सम्वादसामाजिक उत्तरदायित्वका लागि
कम्यूनिकेसन कर्नर र साझेदार रेडियो स्टेशनको संयुक्त प्रयास


उज्यालो शान्तियात्रा
सात दल र माओवादीबीच भएको १२ बुँदे सहमति, गणतन्त्रको घोषणा, संविधानसभाको निर्वाचन तथा नयाँ संविधानको निर्माणका लागि भैरहेका प्रयत्नहरुबीच हाम्रो देशमा स्थायी र दिगो शान्तिको कुरा अझै पनि ओझेलमै परेको छ । जनयुध्द कालमा सुरक्षा निकाय र माओवादी ब्रि्रोहीले गरेका ज्यादति, हत्या, अपहरण र हिंसाका घाउ बोकेर आज पनि हाम्रो समाजका लाखौं मानिस न्याय पर्खिराखेका छन् । बेपत्ता परिवारका सदस्य र आफन्तजनले अझै पनि लास वा सासको जानकारी पाएका छैनन् । आफन्त मारिएका धेरै परिवार र आफन्त राहत र क्षतीपूर्तिवाट बञ्चित छन् ।

सशस्त्र ब्रि्रोह कालमा बेपत्ता भएकाहरुको छानवीन गर्न छानबीन आयोग बनाउने, मानव अधिकार उल्लंघनका गंभीर घटनाको छानविन गरी त्यस्ता घटनामा संलग्न व्यक्तिलाई न्यायको कठघरामा उभ्याउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने जस्ता काम अझै पनि अलपत्र परेका छन् भने छ महिनाभित्र भैसक्नु पर्ने माओवादी सेनाको व्यस्थापन र समायोजनको बिषय राजनीतिक प्रतिष्ठा र दन्तबझानमा परिणत भएको छ ।

तेस्माथि, बिभिन्न सशस्त्र समूह र आपराधिक समूहका विगविगीको कारण मध्य तर्राई र पूर्वी पहाडी जिल्लाको सुरक्षा अवस्था झन विग्रेर गएको छ । सद्भाव, शान्ति, सहकार्य र सहयोग नेपाली समाज र संस्कृतिका आधार हुन् । तर, यी आधारहरु लामो समयको शसस्त्र संर्घषका बेला खल्बलिएका छन् । शान्ति प्रकृया शुरु भएपछि कमजोर भएको राज्यव्यवस्थाबाट फाईदा उठाएर बढेको लुटपाट, अपहरण र असुरक्षाले शान्ति प्रकृयालाई अझै धरापमा पार्ने सम्भावना छ । नेपाली समाजबाट हराएको शान्ति, सद्भाव र सहिष्णुताको संस्कृतिलाई कसरी पुनर्स्थापन गर्न सकिन्छ - बढ्दो असुरक्षाका बीच कसरी शान्ति कायम गर्न सकिन्छ - एउटै धारा, पधेरा, कुवा, कुलो र वनजंगल प्रयोग गर्ने छिमेकीहरुबीच बढेको मनमुटावलाई कसरी घटाउन सकिन्छ - नेपालमा स्थायी शान्ति स्थापनाका लागि के चाहान्छन् विस्थापितहरु, बेपत्ताका परिवार र आफन्त गुमाएका परिवारका सदस्यहरु - शान्ति पुनर्स्थापना गर्ने र खल्बलिएको सामाजिक सद्भाव पुनःस्थापना गर्ने जिम्मेवारी राज्यका काँधमा मात्र हालेर सम्भव छैन । यो हामी सबै नेपालीको जिम्मेवारी हो । त्यसैले, स्थानीय बुध्दिजीवि, नागरिक समाज, कानून व्यवशायी, स्थानीय उद्यमी तथा व्यापारी, सञ्चारकर्मी, पेशागत समूह, राजनीतिक कार्यकर्ता र आम नागरिक के गर्नुपर्छ भन्ने ठान्छन् - यिनै बिषयहरुलाई रेडियो अन्तरकृयामा समावेश गर्ने, नेपाली नेपालीबीच सुखदुख र पीडा साट्ने र सद्भाव र शान्तिको वातावरण बनाउने र यी भावनाहरु देशभरिका रेडियो स्टेशनबाट प्रत्यक्ष प्रसारण गरि नीति निर्माता र आम नागरिकबीच भावना साटासाट गर्ने उद्देश्यले उज्यालो ९० नेर्टवर्कले २०६६ साल चैत्र १८ गतेदेखि उज्यालो शान्ति यात्रा कार्यक्रम सुरु गरिएको हो । यो यात्रा देशभरि हुनेछ । र, लगभग २०६७ साल असारको पहिलो सातामा सकिनेछ ।

उज्यालो शान्ति यात्रा देशभरिका ८० भन्दा धेरै सामुदायिक र स्थानीय रेडियो स्टेशहरुबाट हरेक बेलुका ५:१० देखि ६:०० बजेसम्म प्रसारण हुन्छ । छलफल र संवादमा आधारित यो कार्यक्रम प्रत्यक्ष प्रसारण हुन्छ । सहआयोजक रेडियो स्टेशन र उज्यालो ९० नेर्टवर्कसँगै साझेदार रेडियो स्टेशनले देशभरा प्रत्यक्ष प्रसारण गर्छन् ।

यो अभियानमा देशका बिभिन्न ५३ ठाउँमा छलफलहरु आयोजना गरिएका छन् । उज्यालो ढण् नेर्टवर्कका साझेदार रेडियो स्टेशनहरुको सह आयोजनामा आयोजना गरिने छलफल कार्यक्रममा बेपत्ताका परिवार, द्धन्द पीडित स्थानीय व्यक्ति, पीडित परिवारका सदस्यहरु, स्थानीय शान्ति समितिका सदस्यहरु, स्थानीय मानवअधिकारकर्मीहरु, पत्रकारहरु लगायत नेपाली समाजका सबैपक्ष छलफलमा सहभागी हुनेछन् । छलफलमा स्थानीय स्तरमा शान्ति स्थापनाका लागि भइरहेका प्रयास, परेका अप्ठ्यारा, शान्ति प्रकृया सुरु भएयताका घटनाक्रम, शान्ति स्थापनाका लागि समुदायको भूमिका र राज्यबाट गरिनुपर्ने कामका बारेमा छलफल गरिन्छ । दिगो र न्यायपूर्ण शान्तिको लागि नेपालका रेडियोहरुको तर्फबाट आयोजना गरिएको यो सबैभन्दा ठूलो अभियान हो, जस्मा देशभरिका ५३ स्टेशन सहओयाजक भएर शान्ति यात्रामा सामेल हुँदैछन् भने ८० भन्दा धेरै एफ।एम। स्टेशन प्रसारणमा सहभागी छन् । ·

- यो कार्यक्रम तपाई हामी सबैको हो । त्यसैले, आउनुस, सँगै बसेर मनका कुरा गरौं । सद्भावका लागि संवाद गरौं ।
- पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म, तपाईको शहर, गाउँ र आफ्नो ठाउँ छेउछाउमा हुने छलफलमा सहभागी भै शान्ति र सद्भावको सन्देश छरौं ।
-सामाजिक उत्तरदायित्वका लागि उज्यालो ९० नेर्टवर्क र साझेदार रेडियो स्टेशनहरुको प्रयासमा देशभर भैरहेको उज्यालो शान्ति यात्रामा सहभागी होऔं ।

सद्भावका लागि संवाद गरौं

थप जानकारी, प्रतिक्रिया तथा सुझावका लागि
उज्याले ९० नेटवर्क
सानेपा ललितपुर
०१ ५५५१७१६
info@unn.com.np

 

 
 
   
Lahana
UNN broadcast an hour-long program in Nepal bhasa entitled "Lahana" from 10:00 am to 11:00 am everyday of the week...

Read More»
Hamro Nepal Ramro Nepal
(HNRN) is an interactive radio program which also is a forum for debate and discussions between people of grass root...


Read More»
Saranarthi Sandesh
Saranarthi Sandesh is a radio program produced by Ujyaalo 90 Network targeted to exiled Bhutanese Refugees...

Read More»
 
 
Nepaliko Aabhiyan Naya Sambhidhan
Kaya Kairan (Daily)
Nepal Darpan (Daily)
Nepal Khabar
Hamro Nepal Ramro Nepal (Daily)
Saranarthi Sandesh (Biweekly)
Bulbul
Shruti Sambeg
Shram ra Srijana
Sangeet Diary
Economic News (Daily)
Ujyalo Shanti Yatra
06:00-06:30 Kaya Kairan
08:10-09:00 Nepaliko Aviyaan Naya Sambhidhan
09:10-10:00 Sadak Ra Sawari
12:00-12:10 Nepal Khabar
19:30-20:00 Hamro Aawaz Hamro Adhikar
20:00-20:30 Nepal Darpan
 

Email


Message


Security code


captcha
  © Copyright 2008 Communication Corner. All Rights Reserved.
Terms of Use | Privacy Policy | Feedback | Contact Us
Dreams & Ideas : Service Provider of Web, Print & Multimedia