विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन शुरु हुँदै

 बैशाख १६, २०८१ आइतबार ७:१२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।

सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक बस्न लागेको जानकारी दिनुभएको एएफपीले जनाएको छ ।

साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्‍याउन सक्ने आशंका व्यक्त गरेका छन् । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया