आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

 बैशाख १६, २०८१ आइतबार ९:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंगलुरु तालिकाको पुछारमा छ ।

आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा नौ खेलमा १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया