एनसेलले ल्यायो भारत, चीन र बङ्गलादेश भ्रमणमा जानेका लागि डेटा रोमिङ

 बैशाख १७, २०८१ सोमबार ११:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बङ्गलादेश जाने सेवाग्राहीका लागि एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ ।

याे प्याक शुरु गर्ने बित्तिकै सेवाग्राहीले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५ सय एमबी बोनस डेटा प्राप्त गर्ने एनसेलले जनाएकाे छ । यो प्याक करसहित एक सय रुपैयाँमा शुरु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवा लिन सकिनेछ ।

याे प्याक एस्ट्रिक्स १७१२९ एस्ट्रिक्स ५ ह्यास डायल गरी लिन सकिने एनसेलले जनाएकाे छ । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै– एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरूमार्फत पनि शुरु गर्न सकिनेछ । भ्रमणमा जाने सेवाग्राहीले आफ्नो सञ्चार आवश्यकताअनुसार जति पटक पनि यो प्याक किन्न सक्नेछन् ।

यो प्याकले सीमावर्ती शहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता सेवाग्राहीकाे रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएकाे छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने सेवाग्राहीलाई पनि विशेष महत्त्व राख्दछ । साथै व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बङ्गलादेश जाने सेवाग्राहीलाई पनि यो प्याक महत्त्वपूर्ण हुन्छ ।

यो प्याक लिनेबितिकै विना कुनै झन्झट रोमिङ सेवा स्वतः शुरु हुन्छ । भारतको हकमा ग्राहकले इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । अब सेवाग्राहीले करसहित १६ रुपैयाँ ४८ पैसा प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ करसहित छ रुपैयाँ ३४ पैसामा एसएमएस पठाउन सक्छन् ।

चीन र बङ्गलादेशको हकमा भने सेवाग्राहीले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवा प्रयोग गर्न सक्छन् । एकपटक शुरु गरेपछि प्याक तीन दिनसम्म मान्य रहने र सेवाग्राहीले आफ्नो बसाइ र सेवा आवश्यकताहरूको आधारमा यो प्याक जाति पटक पनि लिन सक्ने एनसेलले जनाएकाे छ ।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्ट पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो त्यही देशको सिम लिराख्नु पर्दैन । पछिल्ला वर्षमा रोमिङ सेवा धेरै सहज भएका छन् र सेवाग्राहीका लागि यो सेवा किफायती र झन्झटमुक्त भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया