बझाङमा २ वटा वडाकाे मतगणना सकिँदा एमाले उम्मेदवारलाई झन्डै दाेब्बर मतकाे अग्रता

 बैशाख १६, २०८१ आइतबार १६:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बझाङ प्रदेश सभा–१ (क) मा हिजाे भएको उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झन्डै दाेब्बर मतले अग्रता लिइरहनुभएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८० मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले १ सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मत प्राप्त गर्नुभएको छ । यस्तै २८ मत बदर भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया