शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, व्यापारबाहेक सबै समूहमा हरियाली

 बैशाख १६, २०८१ आइतबार १६:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा पुगेकाे छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय आठ वटा कम्पनीका ६८ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको १३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया