आईपीएल क्रिकेटमा चेन्नईले हैदराबादलाई ७८ रनले हरायो, गुजरात बेंगलूरुसँग पराजित

 बैशाख १७, २०८१ सोमबार ६:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए ।

चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । चेन्नइका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको सानदार इनिङ खेले । जितपछि चेन्नई ९ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि ९ खेलमा १० अङ्क नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

यसैबीच, हिजोको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले गुजरात टाईटन्सलाई  ९ विकेटले हराएको छ । गुजरातले दिएको २ सय १ रनको लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका लागि विल ज्याक्सले एक सय रन बनाएर सतक पूरा गरे ।

गुजरातका लागि एकमात्र विकेट साई किशोरले लिए । टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय  रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८४ रन बनाए । जित पछि आरसिबि १० खेलमा ६ अङ्कसहित पुछारमा यथावत् छ । गुजरात भने १० खेलमा ८ अङ्कसहित सातौँ स्थानमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया